Loading Events

« All Events

  • This event has passed.

Nepali Language Class: Starting 03 Jan, 2024

January 3, 2024 @ 5:30 PM - 7:30 PM

नमस्कार,

हाम्रा बालबालिकाहरुलाई  नेपाली भाषा बोलाई, सिकाई र लेखाईमा जानकारी  गराउने उदेश्यका साथ यस टीईसी नेपाली समाज ले निकट भविष्यमा संचालन गर्न लागेको नेपाली भाषा कक्षाको लागी दुईजना भाषा शिक्षकको व्यवस्थापन गर्नुपर्ने भएकोले नेपाली भाषा तथा अंग्रेज़ी भाषामा राम्रो दखल राख्नुहुने, साथै नेपाली भाषा शिक्षणको अनुभब प्राप्त व्यक्तिले हाम्रो कार्यसमितिमा सम्पर्क गर्नुहुन अनुरोध छ ।
नेपाली भाषा कक्षा कम्तिमा हप्ताको एक दिन बेलुका नियमीत बिद्यालय समय पछी १:०० वा १:३० घण्टा संचालन हुनेछ ।भाषा शिक्षण गर्न इच्छुक महानुभावले सोही अनुसार समय ब्यबस्थापन गर्नु पर्ने छ । हाम्रै समाजका अविभावक हरु मध्यबाट शिक्षक शिक्षिका उपलब्ध भयको खण्डमा नेपालि भाषा कक्षा संचालन अझ प्रभावकारी, उपलब्धी मूलक र दिगो हुनेछ भन्ने विश्वास लिएका छौ।  साना साना बालबालीकाहरुसंग प्रत्यक्ष सम्पर्कमा हुने भएको हुदा यो एउटा महत्वपूर्ण सामाजिक कार्य पनि हो । भाषा शिक्षकको पारिश्रमिक  र  भाषा कक्षा शुल्क यहॉहरुको सुझाव र सरसल्लाहको आधारमा पछि तोकिने छ ।
साथै यस नेपाली भाषा कक्षामा आफ्ना छोराछोरी लाई सामेल गराउन चाहनु हुने अविभावक‌ले  यस संस्थाका महासचिव केशव ढकाल लाई फोननम्बर 410-209-7485 (text only) मा सम्पर्क गरी आफ्नो स्थान सुरक्षित गर्नु पर्ने छ ।
भाषा कक्षा संचालन हुने स्थान:-
Woodbridge Elementary school
Address: 1410 pleasant valley Dr. Catonsville, MD 21228
कक्षा संचालन: जनवरी ३, २०२४ प्रत्येक बुधवार ( BCPS को school calendar rule follow गरिनेछ )
समय: बेलुका ५:३० देखी ७:३० सम्म

Details

  • Date: January 3, 2024
  • Time:
    5:30 PM - 7:30 PM

Organizer

  • TEC

Venue

  • Woodbridge Elementary School
  • 1410 pleasant valley Dr.
    Catonsville, MD 21228 United States
    + Google Map